काठमाडौं, माघ १ — अमेरिकी विदेश मन्त्रालयले नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासमेत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।
ट्रम्प प्रशासनले ती देशका नागरिक अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै कन्सुलर अधिकारीहरूलाई आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्न निर्देशन दिएको हो। यो निर्णय गत नोभेम्बरमा जारी गरिएको व्यापक अध्यागमन आदेशअनुसार लिइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको मन्त्रालयले अध्यागमन प्रणालीको पुनरावलोकन नहुँदासम्म प्रभावित देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया रोकिने स्पष्ट गरेको छ। यसअघि नै करिब ४० देशमाथि लगाइएको अध्यागमन तथा यात्रा प्रतिबन्धको निरन्तरता भएको मन्त्रालयको भनाइ छ।
यस निर्णयसँगै गैर–आप्रवासी भिसा आवेदकहरूका हकमा पनि सार्वजनिक सुविधामा निर्भर हुने सम्भावनाको कडाइका साथ जाँच गरिने व्यवस्था लागू गरिएको छ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!