काठमाडौँ,माघ १ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ अन्तर्गत आज छैटौँ दिन माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
सडक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहित ट्राफिक प्रहरीका अधिकारी तथा जवानहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति संवेदना व्यक्त गर्दै ट्राफिक नियम पालना, सचेतना अभिवृद्धि तथा सुरक्षित सडक प्रयोगको सन्देश प्रवाह गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक सप्ताहअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम, अनुशासन प्रवर्द्धन तथा दुर्घटना न्यूनीकरणका गतिविधिहरू निरन्तर सञ्चालन भइरहेको कार्यालयले जानकारी दिएको छ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया