हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक मुद्दामा पक्राउ

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक मुद्दामा पक्राउ

काठमाडौं पुष १-धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका लामालाई मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरी पाँचथर पठाएको छ। सीआईबीले पक्राउको पुष्टि गरेकोछ।

लामाविरुद्ध २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोट घटनामा मुद्दा दायर छ। उक्त विस्फोटमा एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

प्रहरीका अनुसार लामा ‘कुमार’, ‘विश्वक्रान्ति’ र ‘देवराज लामा’ नामबाट पनि चिनिन्छन्। उनीविरुद्ध श्यामबहादुर तामाङसहितले जाहेरी दिएका छन्।

यसअघि पनि लामा २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विस्फोट गराएको घटनामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका थिए। उक्त घटनामा तीन जनाको मृत्यु भएको थियो। त्यसपछि २०६९ असार १२ गते पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेका उनी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा कारागार चलान भएका थिए।

लामा २०७६ फागुन १६ गते प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएर केन्द्रीय कारागारबाट रिहा भएका थिए।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
2 महिना अगाडि

काठमाडौँ,माघ १ — प्रधानमन्त्री सुशीला कार्कीले माघी तथा मकर सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश त ...

छुटाउनुभयो कि ?

TOP