एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, पुस १ गते मतदान

काठमाडौं मङ्सिर २८-नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले कार्यतालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिकाअनुसार सोमबार बिहान ७ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ। मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ। साढे ९ बजे दाबी–विरोधको सूचना प्रकाशन र बिहान १० बजे दाबी–विरोधमाथि छानबिन गरिनेछ। त्यसपछि सवा १० बजे अन्तिम मतदाता नामावली सार्वजनिक हुनेछ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

निर्वाचन आयोगका अनुसार पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP