पर्यटन मन्त्रालय सिन्हालाई, मन्त्रिपरिषद् विस्तारसँगै जिम्मेवारी फेरबदल

पर्यटन मन्त्रालय सिन्हालाई, मन्त्रिपरिषद् विस्तारसँगै जिम्मेवारी फेरबदल

काठमाडौं मङ्सिर २६- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालय पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने निर्णय गरेकी छन्। शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारसँगै केही मन्त्रालयहरूको जिम्मेवारी औपचारिक रूपमा हेरफेर हुने शीतलनिवास स्रोतले जनाएको छ।

हाल प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेको पर्यटन मन्त्रालय सिन्हालाई तोकिन लागिएको हो। मन्त्रालय हेरफेरसँगै सिन्हाले उद्योग, कानुन तथा संस्कृति–पर्यटन–नागरिक उड्डयन गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

सिन्हाले अहिलेसम्म सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय भने कुमार इङ्नामलाई तोक्ने तयारी सरकारको छ। मन्त्रालय पुनर्संरचनाबारे थप निर्णय मन्त्रिपरिषद् विस्तारसँगै सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कांग्रेसमा खुला टकराव : संस्थापनको अस्वीकारबीच आज भृकुटीमण्डपमा विशेष महाधिवेशन, समानान्तर भेला पनि
2 महिना अगाडि

काठमाडौं, पुस २७ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाट ...

छुटाउनुभयो कि ?

TOP