काठमाडौं । अर्जेन्टिनाको मार देल प्लाता क्षेत्रमा समुद्रको पानी असामान्य रूपमा पछि हटेपछि समुद्री किनारको ठूलो भाग देखिएको छ। यस घटनापछि सामाजिक सञ्जालमा ‘रातारात समुद्र सुकेको’ भन्दै विभिन्न भिडियो तथा दाबीहरू भाइरल भएका छन्।तर समुद्र वास्तवमै सुकेको भने होइन। समुद्री पानी अस्थायी रूपमा पछाडि हट्नुमा ज्वारभाटा, तीव्र हावा, वायुमण्डलीय चाप तथा समुद्री धारामा आएको परिवर्तन लगायतका प्राकृतिक कारण जिम्मेवार हुन सक्ने बताइएको छ।कतिपय सामाजिक सञ्जाल पोस्टमा समुद्र १० मिटरसम्म पछि हटेको दाबी गरिए पनि त्यसलाई ‘समुद्र १० मिटर गहिराइसम्म सुक्यो’ भनेर बुझ्नु गलत हुन्छ। पानीको सतह र समुद्रतटको दूरीमा आएको परिवर्तनलाई गहिराइसँग तुलना गर्न मिल्दैन।यसैबीच, अर्जेन्टिनाको समुद्र सुकेको भन्दै भाइरल भएका केही भिडियो भने अर्जेन्टिनाकै नभएको तथ्य-जाँचबाट खुलेको छ। त्यसैले सामाजिक सञ्जालमा फैलिएका भिडियो र दाबीलाई पुष्टि नगरी शेयर नगर्न आग्रह गरिएकप्राकृतिक रूपमा समुद्रको पानी केही समयका लागि असामान्य रूपमा पछि हट्नु सम्भव भए पनि यसलाई समुद्र ‘सुक्नु’ वा तत्काल सुनामी आउने संकेतका रूपमा बुझ्न नहुने विज्ञहरूको भनाइ छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!