माधवप्रसाद खतिवडा ‘कल्पित’ पुनः क्षितिज नाट्य समूहको अध्यक्षमा

माधवप्रसाद खतिवडा ‘कल्पित’ पुनः क्षितिज नाट्य समूहको अध्यक्षमा

बिर्तामोड । माधवप्रसाद खतिवडा ‘कल्पित’ पुनः क्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।

क्षितिज नाट्य समूह झापाको नवौँ महाधिवेशन तथा वार्षिक साधारणसभाले खतिवडाको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद भण्डारी, उपाध्यक्षमा सुजना खतिवडा, महासचिवमा गजेन्द्र खतिवडा ‘पृथक’, सचिवमा राजकुमार भट्टराई र कोषाध्यक्षमा मुना प्रसाईं चयन भएका छन्।

केन्द्रीय सदस्यमा पितमकुमार धमला, भीमा खतिवडा, सावित्रादेवी राजवंशी, युवराज चुडाल र मदन विश्वकर्मा निर्वाचित भएका छन्। बाँकी सदस्य पछि मनोनयन गरिने जनाइएको छ।

महाधिवेशनले क्षितिज साहित्य विभागको अध्यक्षमा तुलसीप्रसाद भट्टराई, नाट्य विभागको अध्यक्षमा पूर्णिमा विश्वकर्मा र संगीत विभागको अध्यक्षमा माधवप्रसाद सिटौला चयन गरेको छ। विभिन्न विभाग तथा सम्पर्क समितिका संयोजक र पदाधिकारीसमेत चयन गरिएको छ।

२०५८ सालमा स्थापना भएको क्षितिज नाट्य समूहले सडक नाटक, मञ्च नाटक, सामाजिक सचेतना, साहित्य, संगीत तथा नृत्यका क्षेत्रमा काम गर्दै आएको छ।

नवनिर्वाचित अध्यक्ष खतिवडा ‘कल्पित’ले आगामी कार्यकालमा संस्थालाई थप व्यवस्थित गर्दै ‘क्षितिज नाट्य प्रतिष्ठान’का रूपमा विकास गर्ने बताए। उनले नेपाली रंगमञ्च, साहित्य, संगीत, नृत्य, चलचित्र तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिने बताए।
उनका अनुसार बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई समेट्ने उद्देश्यसहित अघि बढाइएको ‘एक इँटा अभियान’मार्फत झापा नाटकघर निर्माण अभियानसमेत अन्तिम चरणमा पुगेको छ।

कार्यक्रममा अग्रज साहित्यकार केशव आचार्यले प्रमुख आतिथ्यता गरेका थिए। संस्थाका अध्यक्ष खतिवडाले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए।

सो अवसरमा १ सय ६ पटक रक्तदान गरेका ओमप्रकाश लुईंटेललाई सम्मान गरिएको थियो। साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र तथा निर्वाचन समितिका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP