प्रभु बैंकका शीर्ष अधिकारी पक्राउ, ठगी र बैंकिङ कसुरमा CIB को कडा कारबाही

प्रभु बैंकका शीर्ष अधिकारी पक्राउ, ठगी र बैंकिङ कसुरमा CIB को कडा कारबाही

काठमाडौँ, मङ्सिर १५ — प्रभु बैंकमा देखिएको ठगी र बैंकिङ अनियमितताको जालो चिहान जस्तै गहिरिँदै जाँदा आखिर शीर्ष तहका जिम्मेवारहरू एकपछि अर्को गरी प्रहरीको नियन्त्रणमा परिरहेका छन्। बैंकका अध्यक्ष देबि भट्टचनलाई CIB ले पहिल्यै पक्राउ गरे पनि काठमाडौं जिल्ला सरकारी ओकिल कार्यलयको फितलो र विवादास्पद अनुसन्धान प्रक्रियाले उनी हाजिरी जमानतमा सजिलै छुटे। उनको छोडाइमा कानुनी भन्दा बाहिरको शक्ति खेलिएको आशंकाले ठूलो तरंग सिर्जना गर्यो।

 CIB ले गत केही दिनयता बैंकका लेनदेनका अभिलेख, कागजातहरू र भट्टचनसँग जोडिएका सम्पूर्ण आर्थिक गतिविधिको सूक्ष्म छानबिन तीव्र बनायो। निरन्तर दबाब र प्राप्त प्रमाणको वजन बढ्दै गएपछि आइतबार बैंककै शीर्ष तह फेरि झस्कियो।

प्रभु बैंकका CEO अशोक शेरचन, DCEO मणिराम पोख्रेल र प्रमुख ऋण अधिकृत (CCO) CIB को फन्दामा परेका छन्। तीनै जना बैंकिङ कसुर र ठगीसम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका हुन् र हाल CIB मा कडा अनुसन्धान भइरहेको छ।

यस बीच, अन्य केही कर्मचारीहरू पनि अनुसन्धानको दायरामा परेका छन्। तर प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त भने अझै फरार छिन्। उनको खोजीमा प्रहरीले छुट्टै टोली परिचालन गरेको छ र पन्तलाई छिट्टै पक्राउ गर्ने दाबी गरिएको छ।

प्रहरीका अनुसार प्रभु बैंकमा पेशक्‍की हिनामिना, कागजात हेरफेर, ठगी, र वित्तीय लेनदेनमा व्यापक अनियमितता भएको प्रारम्भिक तथ्यहरू भेटिएका छन्। अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकका केही उच्च पदस्थ कर्मचारीसमेत संलग्न हुन सक्ने संकेत देखिएको छ, जसले घटनालाई झन् संवेदनशील बनाएको छ।

वित्तीय अपराधको जटिलता र त्यसमा उच्च तहका व्यक्तिहरूको नाम खुलेसँगै बैंकिङ क्षेत्रमै हलचल मच्चिएको छ। विशेषज्ञहरू भन्छन्— यस्तो प्रकरणले बैंकको छवि मात्र होइन, आम नागरिकको बचत, लगानी र बैंकिङ प्रणालीप्रतिको भरोसा नै हल्लिएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उपत्यका भरि फैलिएको मसाज व्यवसाय : पारदर्शिता र नियमनको खाँचो
2 महिना अगाडि

काठमाडौं पुस १६ – उपत्यका र देशभर मसाज सेन्टरहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। प्रारम्भमा य ...

छुटाउनुभयो कि ?

TOP