काठमाडौँ पुस १५— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राखिएको विषयलाई लिएर फैलाइएको हल्लाप्रति आपत्ति जनाउँदै आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राख्न आफूले पहल गरेको भन्ने चर्चा पूर्ण रूपमा गलत भएको बताएका छन्। उनले उक्त निर्णय आफ्नो चाहना, अनुरोध र हर सम्भव प्रयासको विपरित भएको स्पष्ट पारेका छन्।
“नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु— यो मेरो चाहना विपरित हो,” थापाले लेखेका छन्।
महामन्त्री थापाले राजनीतिक दलभित्र फरक–फरक दृष्टिकोण हुनु स्वाभाविक रहेको उल्लेख गर्दै आफू र केसीबीच पनि विभिन्न समयमा मतभिन्नता रहँदै आएको बताए। उनले विगतमा पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित प्रतिस्पर्धा गरेको उदाहरण समेत स्मरण गराएका छन्।
“मेरो र उहाँको आ–आफ्नै राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्। कहिले मिल्छन्, कहिले बाझिन्छन्,” थापाले उल्लेख गरेका छन्।
यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा आफूहरूको मत नमिलेको उनले स्पष्ट पारेका छन्। थापाको भनाइले पार्टीभित्र देखिएको निर्णय प्रक्रियाबारे भइरहेको बहसलाई थप स्पष्ट बनाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
समानुपातिक सूचीलाई लिएर कांग्रेसभित्र विभिन्न धारणा सार्वजनिक भइरहेका बेला महामन्त्री थापाको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
महेन्द्रनगर, माघ १५ - आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्ष ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!