पदोन्नतिको मिठास र अँगालोको आँसु, अन्तिम भेटमै सीमित
पौष १५, काठमाडौँ — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले भेटेका भोटे दमाईको आज निधन भएको छ। यससँगै उनीहरूबीचको आत्मीय र भावनात्मक सम्बन्ध फेरि स्मृतिमा आएको छ।
कार्की प्रहरी सेवामा प्रवेश गर्दा भोटे दमाईले आफ्नै हातले सिउँदै झोला बनाएर पठाएका थिए। पछि कार्की आईजीपी बनेपछि पदोन्नतिको खुशी साट्न उनी गाउँमै पुगेर दमाई दाइलाई भेटेका थिए। सो अवसरमा कार्कीले मिठाई खुवाएर खुशी बाँडेका थिए भने भोटे दमाईले हातको टीका लगाएर आशिर्वाद दिएका थिए।
त्यसै भेटका क्रममा दुवै अत्यन्त भावुक बनेका थिए। अँगालो हालेर रोएका उनीहरूको त्यो दृश्य मानवीय संवेदनशीलताको उदाहरण बनेको थियो। दुर्भाग्यवश, भोटे दमाईसँगको त्यो भावुक भेट नै अन्तिम भेट बन्न पुग्यो।
उनको निधनले सरल जीवन, निस्वार्थ माया र सम्बन्धको गहिरो अर्थलाई फेरि उजागर गरेको छ।
मिठास, आँसु र आशिर्वाद—अब सबै सम्झनामा मात्र बाँकी रहेको छ।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!