मकवानपुर स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार: ७ जनाविरुद्ध मुद्दा दायर

मकवानपुर स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार: ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, मङ्सिर ८ – मकवानपुरको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोभिड–१९ का लागि व्यक्तिगत सुरक्षा सामाग्री खरिद प्रक्रियामा अनियमितता गरेको पाइएको छ।

अनुसन्धानमा तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा, लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत नेत्र नर सिंह कार्की, र आपूर्तिकर्ता कम्पनी जनमुक्ति हेल्थ ईन्टरप्राईजेज तथा प्रोपाईटर नवराज श्रेष्ठ माथि मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता राजेन्द्र कुमार पौडेल ले बताए अनुसार उनीहरूले कम मूल्य कबोल गर्ने फर्मलाई अयोग्य ठहर गरी, Janamukti Health Enterprises लाई ठेक्का दिलाउने मिलेमतो गरेको पाइएको छ। यसबाट कुल रु. ३१,१७,०८९ बराबरको भ्रष्टाचार भएको अनुमान गरिएको छ।

मुद्दामा आरोपित सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना सजायको माग गरिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP