काठमाडौं, पौष ९ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमको अध्यक्षतामा आज संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य समन्वय र नीति कार्यान्वयनको विषयमा "स्वास्थ्य विषयगत समितिको बैठक" सम्पन्न भएको छ। बैठकले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप गुणस्तरीय, पहुँचयोग्य र जनमुखी बनाउने उद्देश्यका साथ गहन छलफल गरेको छ।
बैठक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठन गरिएको समितिको नियमित कार्यसूचीअनुसार सञ्चालन भएको हो। यसमा प्रदेशका स्वास्थ्य मन्त्रालयका मन्त्रीहरू, नेपाल नगरपालिका संघका प्रतिनिधिहरू, संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू, स्वास्थ्य मन्त्रालयका सचिवहरू र स्वास्थ्य क्षेत्रका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैठकले पाँच, दस र पन्ध्र शैयासम्मका आधारभूत अस्पतालको सहज सञ्चालन सुनिश्चित गर्ने, समुदायमा आधारित महामारीजन्य रोगहरूको निगरानी प्रणाली प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, नसर्ने रोगको Screening तथा पहिचान र त्यसको सहज व्यवस्थापनका लागि अभियान सञ्चालन गर्ने जस्ता विषयमा विशेष ध्यान दिएको छ। साथै मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सञ्चालन, खुद्रा तथा होलसेल औषधि पसलहरूको प्रभावकारी अनुगमन र नियमन, स्वास्थ्य संस्था तथा स्वास्थ्य जनशक्तिको एकीकृत सूचना प्रणालीको अधिकतम प्रयोग र मातृ तथा नवशिशु स्वास्थ्य सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि विस्तृत छलफल भएको छ।
बैठकमा सहभागीहरूले तीन तहका सरकारबीच समन्वय मजबुत बनाउने, स्वास्थ्य नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र स्वास्थ्य सेवालाई जनमुखी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार बैठकमा निर्णय भएका कार्यक्रमहरू चाँडै कार्यान्वयनमा आउनेछन्।
विशेषत: बैठकले स्वास्थ्य सेवा वितरणमा दक्षता बढाउने, समुदायमा रोग निगरानी प्रणाली स्थापित गर्ने, स्वास्थ्य जनशक्ति र स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने, तथा मातृ–नवशिशु स्वास्थ्य सुधारमा ठोस पहल गर्ने विषयमा सहमति जनाएको छ। यसले संघीय प्रणाली अन्तर्गत स्वास्थ्य नीति कार्यान्वयनलाई सुदृढ बनाउने र तीन तहको सरकारबीच सहकार्य प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम सावित हुने विश्वास व्यक्त गरिएको छ।
यस बैठकले स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय सुधार, पहुँच विस्तार, निगरानी प्रणाली सुदृढीकरण र जनसुरक्षामा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिने स्पष्ट संकेत दिएको छ। सरकारले आगामी दिनमा प्रदेश र स्थानीय तहसँग मिलेर स्वास्थ्य नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै जनसाधारणको स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउने योजना अघि बढाउने जनाएको छ।
काठमाडौँ, माघ-८ पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!