जेन-जी आन्दोलनबाट घाइते चित्रकारको स्वास्थ्य बुझ्न पूर्वराष्ट्रपति भण्डारी निवासमा

जेन-जी आन्दोलनबाट घाइते चित्रकारको स्वास्थ्य बुझ्न पूर्वराष्ट्रपति भण्डारी निवासमा

काठमाडौं पुस ९— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लुस्थित खनाल निवासमा पुगिन्।

चित्रकार जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि उनी केही समय भारतमा रहिन् र हालै मात्र काठमाडौं फर्किएकी हुन्। अहिले उनी आफ्नै घरमा स्वास्थ्यलाभ गरिरहेकी छिन्।

पूर्वराष्ट्रपति भण्डारीले भेटघाटको क्रममा चित्रकारको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। उनका अनुसार यो भेटले सामाजिक र मानवीय दृष्टिले सकारात्मक सन्देश दिन्छ।

स्थानिय समाज र राजनीतिक दायरामा पनि यस भेटघाटलाई सद्भावना र सहानुभूतिको प्रतीकका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी
एक महिना अगाडि

काठमाडौँ, माघ-८ पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीक ...

छुटाउनुभयो कि ?

TOP