काठमाडौं पुस ९— पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मत तथा कालोपत्रे ठेक्कामा भ्रष्टाचार गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत कार्यका लागि आ.व. 2079/080 मा ठेक्का आह्वान गर्दा सार्वजनिक खरिद ऐन, 2063 को दफा 40(3) को उल्लङ्घन गरिएको पाइएको हो। कानुनले अनिवार्य गरेको राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा बोलपत्र सूचना प्रकाशन नगरी सूचना लुकाई ठेक्का प्रक्रिया अघि बढाइएको आयोगको ठहर छ।
अनुसन्धानका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, सह–लेखापाल र पत्रिकाका प्रकाशकबीच आपसी मिलेमतो रहेको देखिएको छ। बोलपत्र सूचना सार्वजनिक रूपमा वितरण नगरी अभिलेखमा मात्र राख्ने उद्देश्यले जन प्रतिबिम्ब दैनिकको एक प्रति मात्र छापिएको देखाइ मिति 2080/12/25 मा बोलपत्र आह्वान गरिएको उल्लेख छ।
प्रेस काउन्सिल नेपालबाट प्राप्त कागजातअनुसार जन प्रतिबिम्ब दैनिकको सोही मितिको हार्डकपी र पीडीएफ दुवैमा पहिलो पृष्ठमा बहुदरमाई नगरपालिकाको सडक मर्मतसम्बन्धी कुनै पनि बोलपत्र सूचना प्रकाशित भएको नदेखिएको पुष्टि भएको छ। तर, सूचना प्रकाशित गरिएको भन्दै झुट्टा बिल र भरपाई तयार गरी जन प्रतिबिम्ब दैनिकलाई रु. 65,000 भुक्तानी दिइएको अख्तियारले जनाएको छ।
काठमाडौँ, माघ-८ पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!