महोत्तरी,मङ्सिर ८ — मटिहानी नगरपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले मंसिर ८ गते लागूऔषधसहित ३५ वर्षीय भारतीय नागरिक बिनोद साहलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले भारतको मधुवनी ग्रामपञ्चायत–२ स्थायी घर बताउने साहलाई नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनको निलो झोलाभित्र NITZASCPN ट्याब्लेट ३,२९८, डाईजेपाम इन्जेक्सन २९९, फेनेरागन इन्जेक्सन ३००, बुप्रेनोफिन इन्जेक्सन २७४, लागूऔषध जस्तो देखिने खैरो पदार्थ ६५० मिलीग्राम, साथै मोबाइल सेट, किप्याड, नेपाली रुपैयाँ ३,५३५ र भारतीय ६ रुपैयाँ फेला परेको छ।
नियन्त्रणमा लिइएका साहलाई बरामद लागूऔषध, नगद र इलेक्ट्रोनिक सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
काठमाडौं पुस ९— प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालयहरूलाई मन्त्रिपरिषदबाट निर ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!