मुख्यसचिवको कुर्सी पाँच दिनमै खाली, चार दावेदारबीच कडा प्रतिस्पर्धा

काठमाडौं, मङ्सिर ५ — पाँच दिनपछि निजामती सेवाको सबैभन्दा शक्तिशाली पद—मुख्यसचिव—खाली हुँदैछ। मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते राति १२ बजे ५८ वर्षे उमेरको कारण अवकाशमा जानेछन्। नयाँ मुख्यसचिव चयन प्रक्रियामा तीव्र राजनीतिक–प्रशासनिक हलचल सुरु भएको छ। मन्त्रिपरिषद्ले सोमबार वा मंगलबारभित्र नयाँ मुख्यसचिव नियुक्त गर्नुपर्नेछ।

अर्यालले तीन वर्षे कार्यकाल पूरा गर्न पाएनन्। उनी २०८१ भदौमा मुख्यसचिव बनेका थिए र १५ महिना मात्र पदमा बसे। सोही दिन राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पनि पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदै छन्।

यसपटक मुख्यसचिवका चार दावेदार छन्—सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसदन बुर्लाकोटी र डा. कृष्णहरि पुस्कर। सचिवको रूपमा उनीहरू एकै आर्थिक वर्षमा नियुक्त भए पनि वरियताक्रम, कार्यक्षेत्र र बकिएको कार्यकालले प्रतिस्पर्धा रोचक बनाएको छ।

सुमनराज अर्याल २०७७ माघ १९ मा सचिव नियुक्त, हाल रक्षा सचिव। तथ्यांकका जानकार उनी प्रमुख दावेदार मानिन्छन्। तर अवकाश नजिक—२०८३ असार २६ मा ५८ वर्ष पूरा हुने भएकाले मुख्यसचिव बनेमा करिब आठ महिने मात्र कार्यकाल रहनेछ।

प्रमिलादेवी बज्राचार्य २०७८ असार १७ मा सचिव, खानेपानी सचिव।

मधुसदन बुर्लाकोटी २०७८ असार २१ मा सचिव, प्रमुख तथ्यांक अधिकारी। मुख्यसचिव बनेमा दस महिने कार्यकाल बाँकी।

डा. कृष्णहरि पुस्कर २०७८ असार २४ मा सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सचिव। पाँच वर्षे कार्यकाल पूरा गर्न दुई दिन कमी।

यदि प्रहरीमा जस्तै हाइरार्की नटुटाइ पदोन्नति गर्ने नजिर दोहोरियो भने रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव बन्ने सम्भावना उच्च देखिएको छ। तर उनलाई प्राथमिकतामा राखेमा बाँकी तीन सचिवको कार्यकाल छोटिने–अवकाश पर्ने जोखिम रहन्छ।

मुख्यसचिव प्रधानमन्त्रीको निकट सहयोगी तथा सरकारी संयन्त्रका प्रमुख सल्लाहकार मानिन्छ। मन्त्रिपरिषद् निर्णय प्रक्रियामा प्रस्ताव तयार पार्ने, ब्रिफिङ गर्ने र मन्त्रालयहरू बीच समन्वय गर्ने जिम्मेवारी यस पदसँग जोडिन्छ।

मुख्यसचिव नियुक्ति प्रायः विवादास्पद हुने गरेको इतिहास छ। कनिष्ठलाई प्राथमिकता दिँदा वरिष्ठ सचिवहरूले राजीनामा दिने, असन्तुष्टि जनाउने घटना पटक–पटक दोहोरिएका छन्।

२०६९ साउनमा लीलामणि पौडेललाई मुख्यसचिव बनाउँदा १३ दावेदारबीच विवाद भयो। २०५९ असोजमा डा. विमल कोइरालाको नियुक्ति, २०६६ मा माधव घिमिरे र २०७२ मा डा. सोमलाल सुवेदी नियुक्त गर्दा पनि वरिष्ठता मिचिएको आरोप उठेको थियो।

हाल चुनावी सरकार भएकाले, सरकारले वरिष्ठता हेर्ने कि कार्यकुशलता हेर्ने, वा फेरि राजनीतिक नजिकता प्रभाव पार्ने—के निर्णय हुने केही दिनमै स्पष्ट हुनेछ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP