टोखा नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ। यसैक्रममा टोखा नगरपालिकामा वडा नं. ६ र स्थानीय बाल अधिकार समितिको सहकार्यमा वडास्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ६ का अध्यक्ष शान्ता खनाल पौडेलको नेतृत्वमा सम्पन्न छलफल कार्यक्रममा स्थानीय सरोकारवाला, जनप्रतिनिधि तथा बालअधिकारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यान्वयन, अघिल्लो बैठकका निर्णयहरूको समीक्षा तथा हालसम्मको प्रगतिबारे छलफल गरिएको थियो।
छलफलमा बालसंरक्षणसम्बन्धी समसामयिक मुद्दा, बालमैत्री वडा घोषणा प्रक्रियाको अवस्था तथा बालबालिकाको क्षेत्रमा क्रियाशील पाँचवटा संस्थासँग सहकार्य गर्दै तथ्यांक संकलन गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाइएको थियो। साथै, बालबालिकाका सवाललाई योजनाबद्ध ढंगले अघि बढाउन आवश्यक कार्ययोजना निर्माण र कार्यान्वयनबारे पनि छलफल भएको जनाइएको छ।
टोखा नगरपालिकाको स्थानीय बाल अधिकार समितिको आयोजनामा सम्पन्न उक्त छलफल नगर उपप्रमुख मुरारी तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी बालअधिकारकर्मीहरूले नगर बाल अधिकार समितिको भूमिका, जिम्मेवारी तथा अधिकारबारे धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तामाङले टोखा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यसहित सबै वडामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार वडा नं. ६ ले बालविवाह, बालश्रम, शारीरिक तथा मानसिक हिंसा, बाल यौन दुर्व्यवहार रोकथाम, सडक बालबालिकाको उद्धार, संरक्षण तथा पुनःस्थापना लगायतका ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरिसकेको छ।
वडा अध्यक्ष शान्ता खनाल पौडेलले बाँकी रहेका सूचकहरू पनि छिट्टै पूरा गरी चालु आर्थिक वर्षभित्रै टोखा नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न वडा नं. ६ तयार रहेको बताउनुभयो।
वडास्तरीय छलफल कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, शिक्षा तथा खेलकुद शाखा प्रमुख सिताराम कोइराला, डा. दीपेन्द्र श्रेष्ठ, नगर बाल संरक्षण समितिका सदस्यहरू, वडाका जनप्रतिनिधि, विद्यार्थीहरू तथा बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया