बेइजिङको हिउँमा ध्यान गरेर चर्चामा आएका नेपाली युवा

बेइजिङको हिउँमा ध्यान गरेर चर्चामा आएका नेपाली युवा

बेइजिङ, पुस ६ — चीनको राजधानी बेइजिङमा परेको पहिलो हिमपातका बेला पार्कमा हिउँमाथि बसेर ध्यान गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि एक नेपाली युवा चर्चामा आएका छन्।

सन् २०२५ डिसेम्बर १२ मा बेइजिङमा करिब १२ घण्टा लगातार हिउँ परेका बेला सेतो रङको पातलो पोसाकमा पलेँटी मारेर ध्यानमग्न अवस्थामा देखिएका ती व्यक्ति नेपाली नागरिक चेतनाथ आचार्य भएको खुलेको हो। उनको तस्बिर विच्याट, विइपो र क्युक्यूलगायत चिनियाँ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

शून्य डिग्रीभन्दा तलको तापक्रममा अधिकांश मानिस बाक्ला कोट र सुरक्षात्मक पोसाकमा देखिएका बेला आचार्य भने हिउँमाथि निश्चल बसेर ध्यान गरिरहेको दृश्य असामान्य ठानिँदै व्यापक चर्चा भएको चिनियाँ प्रयोगकर्ताहरूले जनाएका छन्। केहीले उनलाई ‘हठी’ र ‘अनौठो’ भनेका छन् भने धेरैले आत्मनियन्त्रण र साहसको प्रशंसा गरेका छन्।

आचार्य पछिल्ला वर्षहरूमा चीनमा बस्दै योग र ध्यान अभ्यासमा संलग्न रहँदै आएका छन्। उनका निकट स्रोतका अनुसार उक्त ध्यान कुनै प्रदर्शन नभई नियमित अभ्यासकै क्रममा भएको हो।

घटनापछि आचार्यको पहिचान र पृष्ठभूमिबारे चिनियाँ सामाजिक सञ्जालमा खोजी बढेको छ भने उक्त तस्बिरलाई बेइजिङको पहिलो हिमपातसँग जोडेर विभिन्न सञ्चारमाध्यमले पनि प्रकाशन गरेकाछन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रास्वपाले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंग्यायो
एक महिना अगाडि

काठमाडौँ,माघ ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्र ...

छुटाउनुभयो कि ?

TOP