बेइजिङ, पुस ६ — चीनको राजधानी बेइजिङमा परेको पहिलो हिमपातका बेला पार्कमा हिउँमाथि बसेर ध्यान गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि एक नेपाली युवा चर्चामा आएका छन्।
सन् २०२५ डिसेम्बर १२ मा बेइजिङमा करिब १२ घण्टा लगातार हिउँ परेका बेला सेतो रङको पातलो पोसाकमा पलेँटी मारेर ध्यानमग्न अवस्थामा देखिएका ती व्यक्ति नेपाली नागरिक चेतनाथ आचार्य भएको खुलेको हो। उनको तस्बिर विच्याट, विइपो र क्युक्यूलगायत चिनियाँ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
शून्य डिग्रीभन्दा तलको तापक्रममा अधिकांश मानिस बाक्ला कोट र सुरक्षात्मक पोसाकमा देखिएका बेला आचार्य भने हिउँमाथि निश्चल बसेर ध्यान गरिरहेको दृश्य असामान्य ठानिँदै व्यापक चर्चा भएको चिनियाँ प्रयोगकर्ताहरूले जनाएका छन्। केहीले उनलाई ‘हठी’ र ‘अनौठो’ भनेका छन् भने धेरैले आत्मनियन्त्रण र साहसको प्रशंसा गरेका छन्।
आचार्य पछिल्ला वर्षहरूमा चीनमा बस्दै योग र ध्यान अभ्यासमा संलग्न रहँदै आएका छन्। उनका निकट स्रोतका अनुसार उक्त ध्यान कुनै प्रदर्शन नभई नियमित अभ्यासकै क्रममा भएको हो।
घटनापछि आचार्यको पहिचान र पृष्ठभूमिबारे चिनियाँ सामाजिक सञ्जालमा खोजी बढेको छ भने उक्त तस्बिरलाई बेइजिङको पहिलो हिमपातसँग जोडेर विभिन्न सञ्चारमाध्यमले पनि प्रकाशन गरेकाछन।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया