योग, ध्यान र आयुर्वेदका लागि छुट्टै मन्त्रालय गठन गरियोस् : स्वामी आनन्द अरुण

काठमाडौं पुष ६- विश्व ध्यान दिवसको अवसरमा ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय गठन गर्न सरकारसँग माग गरेका छन्।

आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले योग र ध्यान नेपालको पहिचानसँग जोडिएको विषय भएको उल्लेख गर्दै यसको विकासका लागि राज्यको सक्रिय भूमिका आवश्यक रहेको बताए।

स्वामी अरुणले ओशो तपोवनमा हाल पनि करिब ६० देशका नागरिक ध्यान गर्न नेपाल आइरहेको जानकारी दिए। ध्यान र योगको अभ्यास नेपालभन्दा विकसित मुलुकहरूमा अझ बढी आवश्यक रहेको उनको भनाइ थियो।

उनले योग, ध्यान र आयुर्वेदको विकासमा सरकारले अपेक्षित सहयोग नगरेको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरे। आयुर्वेदको संवर्द्धन र ध्यान साधकका लागि अभिभावक मन्त्रालय आवश्यक रहेको उनले बताए।

धार्मिक तथा आध्यात्मिक संस्थाबाट संकलित दानमा कर लगाइनु दुःखद भएको उल्लेख गर्दै उनले मुठी दानमा १५ प्रतिशत कर लगाइनु उपयुक्त नभएको धारणा राखे। यस विषयमा सरकारको ध्यान जानु आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP