काठमाडौं — आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व ध्यान दिवस मनाइँदैछ। यस अवसरमा ध्यान तथा योग क्षेत्रका अभियन्ता, सामाजिक व्यक्तित्व तथा विभिन्न संघ–संस्थाले आम नागरिकमा शान्ति, सकारात्मक सोच र मानसिक सन्तुलनको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।
विश्व ध्यान दिवसले व्यस्त जीवनशैलीका कारण बढ्दै गएको तनाव, चिन्ता र मानसिक समस्याबाट मुक्ति पाउन ध्यानको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राख्दछ। विज्ञहरूका अनुसार नियमित ध्यान अभ्यासले मानसिक स्वास्थ्य सुधार गर्नुका साथै एकाग्रता, आत्मविश्वास र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्याउँछ।
यस दिनको अवसरमा नागरिकलाई दैनिक जीवनमा केही समय ध्यानका लागि छुट्याउन आग्रह गरिएको छ। विश्व ध्यान दिवसले व्यक्तिगत शान्तिसँगै सामाजिक सद्भाव र विश्व शान्तिमा योगदान पुर्याउने विश्वास लिइएको छ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया