नयाँ दिल्ली, कार्तिक २४ (एजेन्सी) – भारतको राजधानी दिल्लीस्थित ऐतिहासिक लालकिल्ला नजिक आज साँझ ठूलो विस्फोट भएको छ। साँझ करिब ६:५२ बजे लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्किङमा रहेको एक सवारी साधन विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन्।
दिल्ली प्रहरीका अनुसार Hyundai i20 कारमा अचानक विस्फोट भएको थियो। विस्फोटपछि नजिकै पार्क गरिएका अरू सवारी साधनमा पनि आगो फैलिएको थियो। घटनास्थलमा प्रहरी, दमकल र एम्बुलेन्स टोली तत्काल पुगेका थिए।
प्रहरीले घटनास्थल वरपरको CCTV फुटेज संकलन गरेको र प्रारम्भिक अनुसन्धानका लागि फरेन्सिक टोली खटाइएको जनाएको छ। विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन। प्रारम्भिक अनुमानअनुसार, ग्यास लिकेज वा विद्युत शर्ट सर्किट कारण विस्फोट भएको हुन सक्ने बताइएको छ। तर, आतंकवादी गतिविधिको सम्भावना पनि नकारिएको छैन।
गृह मन्त्री अमित शाहले घटनाको गम्भीरतापूर्वक संज्ञान लिँदै तत्काल छानबिनको आदेश दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोगका लागि प्रशासनलाई निर्देशन दिएका छन्।
विस्फोटपछि दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र महाराष्ट्रमा सुरक्षा सतर्कता स्तर उच्च गरिएको छ। पुरानो दिल्ली क्षेत्रका बजार आज राति बन्द गरिएको छ र आसपासका सडकहरूमा आवागमन नियन्त्रण गरिएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया