नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं, कार्तिक २४ – नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। उनी लामो समयदेखि संगठनमा अनुशासित, दक्ष र निष्ठावान् अधिकृतका रूपमा परिचित छन्।

वर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण आउँदो २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नेतृत्व हस्तान्तरणको तयारीस्वरूप नयाँ महानिरीक्षकको नियुक्ति गरेको हो।

कार्कीको नेतृत्वमा अबको प्रहरी प्रशासनिक सुधार, अनुसन्धान दक्षता र जनविश्वास अभिवृद्धिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP