काठमाडौं, कार्तिक २० – टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आज वडा नम्बर ३ अन्तर्गतको पन्चेटार सडक स्तरोन्नति तथा ढलान कार्यको अनुगमन गर्दै ठेकेदार कम्पनीलाई गुणस्तर र मापदण्डअनुसार काम गर्न कडा निर्देश दिएका छन्।
भत्किएको पुल क्षेत्रदेखि भिल्ली पन्चेटार हुँदै बखुन्डोलसम्मको सडक खण्डमा नगरपालिकाको आफ्नै स्रोतबाट १ करोड ९० लाख रुपैयाँ लागतमा स्तरोन्नतिको काम भइरहेको हो।
इन्जिनियरका अनुसार सडकको आरसीसी ढलान ९ इन्च मोटाइमा गरिनेछ भने दुबैपट्टि ७ सय मिटरको फुटपाथ निर्माण, ७ सय मिटर बेस वर्क, २१५ मिटर आरसीसी ढलान तथा १० मिटर सडक चौडाइ रहनेछ। निर्माण कार्य फ्रिम्यान बिजनेस प्रालिले ठेक्का लिएको हो।
उक्त योजनाको सम्झौता २०८१ फागुन २२ गते भएको थियो। कुल ३ करोड रुपैयाँ (भ्याट र पीएस सहित) लागत अनुमान भए पनि ठेक्का रकम १ करोड ९० लाख ४३ हजार ७०४ रुपैयाँ ८४ पैसा तोकिएको छ। ठेकेदार कम्पनीसंगको प्रारम्भिक सम्झौताअनुसार २०८२ साउन २२ भित्र काम सकिनु पर्ने भए पनि निर्माण ढिलाइ भएकाले म्याद मङ्सिर मसान्तसम्म थपिएको छ।
ठेकेदार अमृत न्यौपानेका अनुसार दशैंपछि काम तीव्र गतिमा थालेको र अबको १५ दिनभित्र प्रायः सबै काम सकिने दाबी गरिएको छ। उनले प्राविधिक मापदण्डअनुसार काम भइरहेको जिकिर गरे।
अनुगमनपछि मेयर अधिकारीले सडक निर्माणले स्थानीय यातायात सहज हुने र जनजीवनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै, “सम्झौता अनुसार गुणस्तरमा कुनै सम्झौता हुँदैन, कमजोरी भेटिए तत्काल कारबाही हुन्छ,” भन्दै चेतावनीसमेत दिए।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, इन्जिनियर उमेश श्रेष्ठलगायत प्राविधिक टोली पनि सहभागी थिए। नगरवासीले समेत स्तरोन्नतिको काम छिटो र दिगो रूपमै सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
पन्चेटार सडक स्तरोन्नतिको काम सकिएपछि यो मार्ग बालाजु बसपार्कबाट नुवाकोट जाने सबैभन्दा छोटो यातायात मार्गका रूपमा उपयोग हुने अपेक्षा गरिएको छ, जसले राजधानी र उत्तरी पहाडी क्षेत्रबीचको दूरी तथा यात्रा समय दुवै घटाउनेछ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया