युवाको नेतृत्वमा वैदेशिक रोजगार व्यवसाय सुधारका लागि NAFEYE स्थापना, अध्यक्ष सुमन राज पाण्डे

काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगार क्षेत्रमा सक्रिय नयाँ पुस्ताका व्यवसायीलाई एकत्र गर्दै नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघ (NAFEYE) आज औपचारिक रूपमा स्थापना भएको छ। संघले आफ्नो पहिलो प्राथमिकता समिति गठन र नेतृत्व स्थापनामा दिएको छ।

संघको मुख्य समिति यस प्रकार छ: अध्यक्ष सुमन राज पाण्डे, प्रथम उपाध्यक्ष अभिनयमान बस्नेत, उपाध्यक्ष देबि प्रसाद गिरि, महासचिव कृष्ण प्रसाद ढकाल, सचिव अदनान सम्मद, कोषाध्यक्ष दीपा बुढाथोकी, सदस्यहरू सरोज हुसेन, ध्रुब जिसि, फणीन्द्र कुमार केसि (प्रशान्त)।

संघका अध्यक्ष सुमन राज पाण्डेले उद्घाटन समारोहमा भने, “हाम्रो उद्देश्य युवामा व्यावसायिक इमानदारी, जिम्मेवारी र नैतिकता विकास गर्नु हो। वैदेशिक रोजगार व्यवसायलाई एजेन्ट होइन, उद्यमी दृष्टिकोणबाट अघि बढाएर नयाँ सोच र नवप्रवर्तन ल्याउन चाहन्छौं।”

NAFEYE ले वैदेशिक रोजगार व्यवसायलाई नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक विकासमा महत्वपूर्ण ठानेको छ। संघले यस क्षेत्रमा सुधार अपरिहार्य भएको र पारदर्शिता, प्रतिस्पर्धा र प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता बनाउने जनाएको छ।

संघले आगामी दिनमा प्रशिक्षण, प्रविधि अनुकूलन, व्यवसायिक मेला र सेमिनार आयोजना गर्दै सदस्यहरूबीच अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने योजना बनाएको छ। संघले सरकार, साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय संगठनहरूसँग सहकार्य गर्दै वैदेशिक रोजगार क्षेत्रमा सुधार र जिम्मेवार व्यवसाय प्रवर्द्धन गर्ने जनाएको छ।

पाण्डेले जोड दिए, “युवाको नेतृत्व, अग्रजको अनुभव र व्यवसायीहरूको एकताले मात्र नेपालको वैदेशिक रोजगार व्यवसायलाई दिगो, विश्वसनीय र परिणाममुखी बनाउँछ। हामी सम्पूर्ण व्यवसायी, युवा र साझेदार संस्थालाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गर्छौं।”

 

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP