काठमाडौं,कार्तिक १३-काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, महिला ट्राफिक प्रहरी गुल्ममा दरबन्दी भई हाल बग्गीखानामा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रमेश दत्त पन्त असोज महिनाको “Best Traffic Police of the Month” घोषित भएका छन्।
हवल्दार पन्तले गत भदौ २३ र २४ गते Zen-Z समूहद्धारा गरिएको आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि कार्यालय पुनःनिर्माण तथा ट्राफिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। साथै, उनले उपत्यकाभित्र हुने सवारी चोरी नियन्त्रण, ट्राफिक व्यवस्थापन र जनसुरक्षामा निरन्तर खटिएको भन्दै कार्यालयले उनलाई उत्कृष्ट प्रहरीको रूपमा छनोट गरेको हो।
पन्तले ड्युटीमा अनुशासित र सक्रिय रहँदै सवारी आवागमनलाई सहज बनाउने, माथिल्लो कमाण्डरको निर्देशनअनुसार जिम्मेवारी पूरा गर्ने, विदेशी तथा स्वदेशी अति विशिष्ट व्यक्तिहरूको आवागमन सहज बनाउने, र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याउने कार्यमा अग्रसर रहेका थिए।
उनी हवल्दार मेजरको हैसियतमा मातहतका प्रहरीहरूलाई ड्युटी खटाउनेदेखि लिएर कार्यालयीय कार्यहरू त्रुटिरहित रूपमा सम्पन्न गर्न सफल भएका छन्। बिभागीय नीति निर्देशन र आदेशको पालना गर्दै उनले खटाइएको स्थानमा सवारी आवागमनलाई सरल, सुरक्षित र भरपर्दो बनाउने योगदान गरेको कार्यालयले जनाएको छ।
उनीबारे आम नागरिकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। कार्यसम्पादनमा निरन्तर उत्कृष्टता देखाएबापत प्रहरी बरिष्ठ हवल्दार रमेश दत्त पन्तलाई २०८२ असोज महिनाको “Best Traffic Police of the Month” घोषित गरिएको हो।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया