पर्यटन मन्त्री बन्ने लिस्टबाट हटाएर भुमी सुधार मन्त्रीमा नाम सिफारिस भएपछि गणपतिलाल श्रेष्ठले पद त्यागे

काठमाडौं, कार्तिक ९ – पर्यटन मन्त्री बन्ने तयारीमा रहेका गणपतिलाल श्रेष्ठको नाम अचानक सूचीबाट हटाइएर भुमी सुधार, व्यवस्थापन तथा सहकारी मन्त्रालयमा सिफारिस भएपछि उनले मन्त्री पद त्याग गरेका छन्।

श्रेष्ठको नाम पर्यटन मन्त्रीका रूपमा घोषणा भएपछि युवाहरू र आम नेपालीबीच उत्साह छाएको थियो। लामो समयदेखि पर्यटन क्षेत्रमा देखिएका भ्रष्टाचार, कुसासन र बेथितीविरुद्ध खुलेर आवाज उठाउँदै आएका उनी ‘जेनजि’ र आम जनता माझ पारदर्शिता र जिम्मेवारीको प्रतीक बनेका थिए। उनका समर्थकहरूले उनलाई “पर्यटन क्षेत्रको नयाँ आशा”को रूपमा हेरिरहेका थिए।

तर सबैको अपेक्षा विपरीत, प्रधानमन्त्री कार्यालयले उनको पर्यटन मन्त्री हुने शुचि अचानक  परिवर्तन गरी भूमि मन्त्रालयमा सिफारिस गर्‍यो। यस कदमले जनताको विश्वास र उनको व्यक्तिगत प्रतिबद्धतामा चोट पुर्यायो। श्रेष्ठले पद त्याग गर्दै स्पष्ट भने, “सही मान्छे सही ठाउँमा रहँदा मात्र जनचाहना अनुसारको डेलिभरी सम्भव हुन्छ। पदको लोभमा पर्नु मेरो शैली होइन।”

प्रधानमन्त्री कार्यालयले उनलाई मनाउने प्रयास गरेको थियो। “पहिले भूमि मन्त्रालय सम्हाल्नुस, पछि पर्यटन मन्त्रालय पनि दिइनेछ” भन्ने प्रस्ताव आयो। तर श्रेष्ठले आफ्नो अडान नबदल्ने निर्णय गरे। उनका अनुसार, जनताको भावना र आफ्नो अनुभव विपरीत कुनै निर्णय लिनु आफ्नो स्वाभिमान विरुद्ध हुने थियो।

यस घटनाले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा ठूलो बहस सुरु गराएको छ। धेरैले पर्यटन मन्त्रालयको जिम्मेवारी कसैका लागि पूर्वनिर्धारित गरिएको आरोप लगाएका छन्। अहिले आम नागरिक र ‘जेनजि’ समूह पर्यटन मन्त्रालयको नयाँ नाम कसको हुनेछ भनेर चनाखो नजरले हेरिरहेका छन्।

श्रेष्ठले फेसबुकमा २४ बुदा सार्वजनिक गरेर आफु पर्यटन मन्त्री बनेको भए पारदर्शी प्रशासनिक प्रणाली, भ्रष्टाचारमुक्त नीति, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको एकीकृत विकास, आन्तरिक रोजगारी सृजना, स्थानीय उद्यम प्रवर्द्धन र अन्तर्राष्ट्रिय लगानीमैत्री वातावरण सिर्जना गर्ने योजना बनाएका थिए। उनी नेपालको पर्यटनलाई विश्वसामु परिचित गराउने, नयाँ लगानी भित्र्याउने र पर्यटन क्षेत्रमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजनामा दृढ थिए।

विश्लेषकहरूका अनुसार ती योजना कार्यान्वयन भएको भए नेपालमा पर्यटन क्षेत्रमा आमूल परिवर्तन सम्भव थियो। तर उनको नाम पर्यटन मन्त्रीबाट अचानक हटाइएपछि आम नेपालीमा गहिरो निराशा छाएकोछ। सामाजिक सञ्जालमा ‘#RightManForTourism’ र ‘#StandWithGanapati’ ह्यासट्याग ट्रेन्ड भइरहेका छन्। धेरैले टिप्पणी गरेका छन्, “गणपतिलालले पदभन्दा स्वाभिमान रोजे — यो कदम उदाहरणीय छ।”

राजनीतिक विश्लेषकहरू भन्छन्, “गणपतिलाल श्रेष्ठको कदमले देखाउँछ कि योग्य नेतृत्वलाई जनभावना र पारदर्शिता अनुसार निर्णय दिनुपर्छ। यदि जनताले चाहेको नेतृत्वलाई सम्मानित नगरे, केवल पद वितरण मात्र हुने हो, वास्तविक परिवर्तन सम्भव हुँदैन। यो घटनाले नेपालको मन्त्री सिफारिस प्रक्रिया, राजनीतिक निर्णय र जनचाहनाबीचको द्वन्द्वलाई स्पष्ट रुपमा देखाएको छ।”

यस निर्णयले जनतामा विश्वास र राजनीतिक प्रक्रियाप्रति प्रश्न उठाएको छ। धेरैले अनुमान लगाउन थालेका छन् कि पर्यटन मन्त्रालयको जिम्मेवारी कसैको पूर्वनिर्धारित सेटिङको भाग हुनसक्छ। अहिले आम नेपाली र ‘जेनजि’ समूह ती निर्णयलाई ध्यानपूर्वक हेर्दै भविष्यमा हुने नियुक्ति प्रक्रियामा पारदर्शिता र जनचाहना सुनिश्चित हुनुपर्नेमा जोड दिइरहेका छन्।

गणपतिलाल श्रेष्ठको यो कदमले स्पष्ट संदेश दिएको छ कि पदको लोभभन्दा स्वाभिमान, जनभावना र आफ्नो प्रतिबद्धता ठूलो हुन्छ। उनका शुभेच्छुकहरू, सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिकले यस घटनालाई नेपालमा उत्तरदायी नेतृत्व र पारदर्शिता सुनिश्चित गर्ने कुरामा सङ्खा व्यक्त गरेकाछन।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP