गोकर्णेश्वर, मङ्सिर ९ – गोकर्णेश्वर नगरपालिकाले राजस्व संकलन प्रणालीलाई आधुनिक र पारदर्शी बनाउने उद्देश्यसहित २०८२ मंसिर १० गतेबाट SUTRA Software मार्फत डिजिटल पेमेंट पूर्ण रूपमा लागू गर्ने भएकोछ। नगरपालिकाका सम्पूर्ण आन्तरिक महसुल र कर संकलन अबदेखि एकीकृत डिजिटल प्रणालीमार्फत हुने भएकोछ।
नगरपालिकाले पुरानो कागजी तथा कार्बनको सहायताले चल्ने कर संकलन प्रक्रियालाई पूर्णरूपमा हटाइ नयाँ डिजिटल प्रणालीमा रुपान्तरण गरेको छ। नयाँ प्रणाली लागू भएपछि केही समय सेवा प्रवाहमा असुविधा हुन सक्ने भन्दै नगरपालिका प्रशासनले नगरवासीसँग सहयोग र सहिष्णुता अपनाइदिन अनुरोध गरेकोछ।
प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “SUTRA software मा प्रवेशका क्रममा केही सेवामा विनियोजनको समस्या आउन सक्छ। नगरवासी तथा सेवा उपयोगकर्ताबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ।”
डिजिटल प्रणाली लागू भएपछि राजस्व संकलनमा पारदर्शिता, दिगोपन र कार्यक्षमता बढ्ने नगरपालिकाको अपेक्षा छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया