युएईमा बस्ने नेपालीहरूको लागि बनभोज कार्यक्रम – २०२५

युएईमा बस्ने नेपालीहरूको लागि बनभोज कार्यक्रम – २०२५

फुजेराह, युएई –युएईमा बसोबास गर्ने नेपाली समुदायका लागि नेपाल एसोसिएसन – एनआरएनए एनसीसी युएईले “बनभोज कार्यक्रम – २०२५” आयोजना गर्दैछ।

कार्यक्रम फुजेराह, मसाफीमा हुनेछ। दुबईबाट सहभागी हुन चाहनेहरूका लागि क्यारिफोर पछाडि पार्किङबाट बिहान ९ बजे गाडी छुट्ने व्यवस्था गरिएको छ भने अन्तिम गाडी १२ बजे प्रस्थान गर्नेछ।

कार्यक्रममा सहभागीहरूले रमाइलो गीत-संगीत, स्वादिष्ट भोजन, र सबै नेपालीहरूबीच हासो-खुसीसहित समय बिताउने अवसर पाउनेछन्। नेपाल एसोसिएसन – एनआरएनए एनसीसी युएईले यस कार्यक्रममार्फत युएईमा रहेका नेपाली समुदायलाई एक अविस्मरणीय भेटघाटको दिन प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रम सम्बन्धी जानकारी वा सहभागी हुन इच्छुकहरूले सम्योजक बिनोद बस्नेत (+९७१५५१६४०४७०), सुशील (+९७१५०२९७२०७३), कमल जंग (+९७१५२७६७१८३८), अलिया (+९७१५५५७०८०३५), प्रेम ठकुरी (+९७१५४५२७५५५०), धर्म (+९७१५५३१४१४४९) वा अबुधाबीका लागि नमराज ढुंगाना (+९७१५०९५५६१५४) लाई सम्पर्क गर्न सक्नेछन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP