प्रधान न्यायाधीश राउत भारत भ्रमणपछि स्वदेश फिर्ता

प्रधान न्यायाधीश राउत भारत भ्रमणपछि स्वदेश फिर्ता

काठमाडौँ, मङ्सिर ९ – सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भारत भ्रमणपछि आज स्वदेश फर्किएका छन्।

प्रधान न्यायाधीश राउत मङ्सिर ६–९ गते भारतीय सर्वोच्च अदालतको अवलोकन भ्रमणमा सहभागी भएका थिए। यो भ्रमण भारतीय प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईको मैत्रीपूर्ण निमन्त्रणामा सम्पन्न भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, भ्रमणको क्रममा नेपाल र भारतका सर्वोच्च अदालतबीच न्यायिक प्रक्रिया, अदालत व्यवस्थापन र कानुनी अभ्याससम्बन्धी अनुभव आदान–प्रदान गरिएको थियो। साथै, दुवै अदालतले न्यायिक सुधार, मुद्दा व्यवस्थापन र आधुनिक प्रविधिको उपयोगबारे पनि विस्तृत छलफल गरेका थिए।

प्रधान न्यायाधीश राउतको भ्रमणले नेपाल–भारत अदालत सम्बन्धमा सहकार्य र अनुभव साझा गर्ने अवसर प्रदान गरेको सर्बोच्चका प्रवक्ताले बताएका छन्।

प्रधान न्यायाधीश राउत आज एयर इन्डियाको उडानमार्फत काठमाडौं फर्किएका हुन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक गर्‍यो
2 महिना अगाडि

काठमाडौं पुष १०-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले ...

छुटाउनुभयो कि ?

TOP