नेपाल सरकारका मुख्यसचिव अर्याललाई सम्मानपूर्वक विदाइ

काठमाडौँ, मङ्सिर १०— नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई अवकाशपूर्व मंगलबार सिंहदरबारमा सम्मानपूर्वक विदाइ गरिएको छ। अवकाश मितिको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शुसिला कार्कीले सम्मानपत्र प्रदान गर्दै मुख्यसचिव अर्यालको दीर्घ सेवा र योगदानप्रति कृतज्ञता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “उहाँको आगामी जीवन सुखद रहोस्।” उनले प्रशासनिक सुधारदेखि सुशासन प्रवर्द्धनसम्मका काममा मुख्यसचिव अर्यालले देखाएको नेतृत्वले शासन प्रणाली सुदृढ बनाउन ठूलो सहयोग पुगेको उल्लेख गरिन्।

विदाइ कार्यक्रममा मन्त्रीहरू, सचिवहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो। लामो समयसम्म सरकारी सेवामा रहेर महत्त्वपूर्ण भूमिकामा काम गर्दै आएका अर्याल अवकाशपूर्व  सम्मानसहित बिदाइ भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP