भान्साको खर्च सस्तो: खाद्य वस्तु मूल्य २.५४% घट्यो

भान्साको खर्च सस्तो: खाद्य वस्तु मूल्य २.५४% घट्यो

काठमाडौं, कात्तिक ३०— चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (असोज मसान्तसम्म) खाद्य तथा पेय पदार्थ समूहको मूल्य २.५४ प्रतिशतले घटेको छ, जसले भान्साको खर्च सस्तो भएको देखाउँछ।

नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित रहेको छ। गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ३.८० प्रतिशत देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य समुहको मुद्रास्फीति ७.२० प्रतिशत र गैरखाद्य ३.४९ प्रतिशत थियो। त्रैमासिक औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.२६ प्रतिशतभन्दा कम हो।

घ्यु तथा तेल उपसमूहको मूल्य भने ७.७५ प्रतिशतले बढेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP