काठमाडौं,कार्तिक ३० – गैरसरकारी संस्था ‘हामी नेपाल’ का संयोजक सुधन गुरुङले ७७ वटै जिल्ला, ७ वटै प्रदेश र स्थानीय तहमा ‘जेनजी’ एकजुट भइसकेको घोषणा गरेका छन्। आइतबार फेसबुकमार्फत जानकारी दिँदै उनले अब देशप्रेमी नेपालीहरूलाई नेपाल परिवर्तन अभियानमा सहभागी गराउने चरण सुरु भएको बताए।
गुरुङले भने, “पार्टी प्रेमी होइन, देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी छ। अब डिजिटल प्लेटफर्ममार्फत दोस्रो चरण सुरु हुँदैछ, जसमा जनताले विश्वास गरेका जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याइनेछ।”
यस अभियानमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ, सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्ने योजना छ।
काठमाडौं, मंसिर १६ — रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री खरिद गर्दा सरकारी रकम रु. ९,९८,९२ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!