काठमाडौं असोज ११-नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ऐतिहासिक जित हात पारेको छ। शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो।
वेस्ट इन्डिजका नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रन जोडे।
नेपालका लागि कुशल भुर्तेल उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए। कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो।
कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन जोडे। कुशल मल्लले २१ बलमा ३० रन (२ चौका, २ छक्का) बनाए। गुलशन झाले २२ रन र दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए।
यो जितसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजमा १–० को अग्रता लिएको छ।
काठमाडौं, कार्तिक १० – सूर्यदेवको आराधनाको पर्व छठ आज देशभर भव्य रूपमा मनाइँदैछ। राजधानी काठमा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!