सुन–चाँदीको मूल्य निरन्तर ओरालो, हतारमा खरिद नगर्न उपभोक्तालाई सुझाव

सुन–चाँदीको मूल्य निरन्तर ओरालो, हतारमा खरिद नगर्न उपभोक्तालाई सुझाव

काठमाडौं,कार्तिक १०– अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि निरन्तर ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २,४१,९०० र चाँदी ३,०१५ कायम भएको छ।

तिहारपछि सुन प्रतितोला ११,६०० र चाँदी २६५ ले घटेको छ। व्यवसायीहरू भन्छन्, “अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य घट्दै गएको हो। यस अवस्थामा उपभोक्ताले हतारमा किनमेल गर्नु ठीक हुँदैन।”

वित्तीय विश्लेषक हरि अधिकारीले भने, “सुन–चाँदीको मूल्य आगामी दिनमा अझै घट्न सक्छ। बजारमा अस्थिरता रहिरहँदा धैर्यपूर्वक मूल्यको स्थिरता कुर्नुपर्छ।”

 उपभोक्ता सिता राउतले आफ्नो प्रतिक्रिया दिंदै भनिन्, “हामी तिहारका लागि सुन किन्ने सोचमा थियौं, तर मूल्य घटिरहेको सुन्यौं। अब हतार नगरी उचित समयमा किन्ने योजना बनाउँदैछौं।”

अन्तर्राष्ट्रिय बजारमा आज सुन ४,११३ अमेरिकी डलर प्रतिऔँस र चाँदी ४८ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संसद्‌ विघटन प्रकरणमा एमालेको रिट दर्ता, सर्वोच्चले मंसिर १७ को लागि पेसी तोक्यो
3 महिना अगाडि

काठमाडौँ, मंसिर १० — नेकपा एमालेले संसद्‌ विघटनसम्बन्धी निर्णय र त्यससँग जोडिएका संवैधानि ...

छुटाउनुभयो कि ?

TOP