सभापति देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान

सभापति देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं, कार्तिक १० – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति ९ बजे सिंगापुर प्रस्थान गर्न लागेका छन्। उनी पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जाँदैछन् ।

 देउवा दम्पतीमाथि जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो । घटनापछि सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थियो ।

कांग्रेस नेताहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । उक्त घटनापछि उनी सार्वजनिक रूपमा नदेखिएका देउवा भदौ २८ गते पार्टी केन्द्रीय कार्यालयमा मात्रै देखिएका थिए । त्यसै दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

यो समाजमा बाँच्न गाह्रो भयो: नायिका वर्षा राउत
3 महिना अगाडि

काठमाडौं,मङ्सिर ९ — चर्चित नायिका वर्षा राउत ले सामाजिक सञ्जालमा आफ्नो भावनात्मक अनुभव सार्वजन ...

छुटाउनुभयो कि ?

TOP