अमानवीय व्यवहारपछि एलिना चौहान अमेरिका टुर बीचमै छोडेर नेपाल फर्किइन्

अमानवीय व्यवहारपछि एलिना चौहान अमेरिका टुर  बीचमै छोडेर नेपाल फर्किइन्

काठमाडौं, कार्तिक ११– लोकप्रिय गायिका एलिना चौहानले अमेरिकास्थित नेपाली आयोजकको अमानवीय व्यवहार सहन नसकी टुर बीचमै कार्यक्रम रद्द गरी नेपाल फर्किएकी छन्।

चौहानले फेसबुकमा लेखेकी छन् — “कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।” उनले आयोजकप्रति कडा टिप्पणी गर्दै थपेकी छन् — “आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले इज्जत र व्यवहार खोज्छ।”

स्रोतका अनुसार आयोजकहरूले कलाकारमाथि अपमानजनक र असम्मानजनक व्यवहार गरेका थिए। यही कारणले चौहानले बाँकी कार्यक्रम रद्द गरी नेपाल फर्किनु परेको हो।

यस घटनापछि अमेरिकामा बस्ने नेपाली समुदाय र सामाजिक सञ्जालमा विरोध फैलिएको छ। धेरैले लेखेका छन् — “कलाकार बोलाएर अपमान गर्नु लाजमर्दो र अमानवीय हो।”

बारम्बार यस्ता घटना सार्वजनिक भइरहेपछि अब विदेशमा कार्यक्रम आयोजना गर्ने नेपाली आयोजकहरूको पेशागत र नैतिक स्तरमाथि प्रश्न उठ्न थालेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

संसद्‌ विघटन प्रकरणमा एमालेको रिट दर्ता, सर्वोच्चले मंसिर १७ को लागि पेसी तोक्यो
3 महिना अगाडि

काठमाडौँ, मंसिर १० — नेकपा एमालेले संसद्‌ विघटनसम्बन्धी निर्णय र त्यससँग जोडिएका संवैधानि ...

छुटाउनुभयो कि ?

TOP