काठमाडौं असोज ११- पार्टीभित्र निरन्तर ‘बुली’ र ‘मिडिया ट्रायल’मार्फत असन्तुष्ट कार्यकर्तामाथि आक्रमण गरिएको भन्दै डा. तोशिमा कार्कीले कडा प्रतिक्रिया दिएकी छन्। उनले आफूलाई लक्षित गर्दै फैलाइएका अफवाह, चरित्रहत्या र भ्रम फैलाउने गतिविधिबारे खुलेर जवाफ दिएकी हुन्।
कार्कीले सामाजिक सञ्जालमार्फत पार्टीभित्र केही जिम्मेवार व्यक्तिहरूले राजनीतिक विषयलाई गम्भीरतापूर्वक लिने सट्टा “Get Out” भन्दै धम्की दिने र त्यसमा मौन बस्ने प्रवृत्ति देखिएको आरोप लगाइन्।
उनले भनिन्, “पार्टीलाई थप सुदृढ र सफल बनाउने उद्देश्यका साथ जिम्मेवार ढंगले राजनीतिक विषय उठाउँदा पनि बुली गर्ने र गर्ने वातावरण बनाउनेहरूको भण्डाफोर गर्नु नपरोस्।”
यसअघि आफूले पेश गरेको ४ बुँदे पत्रलाई राम्रोसँग अध्ययन नगरी पार्टी सभापतिको विकल्प खोजेको भन्दै अतिरञ्जित गर्ने, विकल्प खोज्नेलाई पार्टीबाट निकाल्नुपर्छ भन्ने शैलीमा मिडिया ट्रायल गरिएको भन्दै कार्कीले असन्तुष्टि जनाइन्।
उनले संस्थापनलाई खुला विशेष अधिवेशन गरेर देखाउन चुनौती दिँदै भनिन्, “पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता र शुभेच्छुकको मतसहित दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ भने खुला विशेष अधिवेशन गर।”
आन्दोलनकै समयमा प्रहरीको गोलीबीच उभिएको इतिहास सम्झाउँदै कार्कीले आफू कुनै प्रचार वा दवावका अगाडि नझुक्ने स्पष्ट गरिन्। उनले भनिन्, “तिमीहरूको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर पनि डराउदिनँ। जति नै बुली र मिडिया ट्रायल भए पनि ललितपुरका मतदाता र पार्टी पङ्ति छोडेर भाग्दिनँ। देश बनाउन हिँडेको योद्धा हुँ, लड्छु।”
अन्त्यमा उनले “जय घण्टी, जय देश” भन्दै आफ्नो प्रतिबद्धता दोहोर्याएकी छन्।
काठमाडौं, कार्तिक १० – सूर्यदेवको आराधनाको पर्व छठ आज देशभर भव्य रूपमा मनाइँदैछ। राजधानी काठमा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!