काठमाडौ असोज ११-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।
साम्पाङले शनिबार एक सार्वजनिक अभिव्यक्तिमा जेनजी आन्दोलनले उठाएका मुद्दा कार्यान्वयन गर्न सरकारले असफल भएको दाबी गर्दै प्रधानमन्त्री कार्कीले तत्काल पद छाड्नुपर्ने बताएका हुन्। उनका अनुसार जेनजी आन्दोलनले नेपाली युवाको भावी दिशा, सामाजिक न्याय र अवसरसँग सम्बन्धित स्पष्ट मागहरू राखेको भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको छ।
साम्पाङले भने, “सुशीला जी, तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नु भएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर।”
उनले आफू नेतृत्वमा आएमा जेनजी आन्दोलनका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने स्पष्ट अठोट पनि सार्वजनिक गरे। साम्पाङले युवाहरूको आवाजलाई राज्यको मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै कार्की नेतृत्वको सरकार त्यसमा कमजोर देखिएको टिप्पणी गरे।
हालै व्यापक रूपमा फैलिएको जेनजी आन्दोलनलाई साम्पाङ निरन्तर समर्थन गर्दै आएका छन्। यसअघि पनि उनले आन्दोलनकारीसँगै सडकमा उत्रेर समर्थन जनाएका थिए।
काठमाडौं, कार्तिक ९ -सरकार र सत्ता फेरिए पनि नागरिक स्वतन्त्रताको अवस्था भने यथावत् रहँदै आएको भन्दै ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!