प्याराडाइज मेनपावरमार्फत दुबई पुगेका १९ नेपाली दुई महिनादेखि अलपत्र

काठमाडौं, असोज ११- प्याराडाइज मेनपावरमार्फत दुबई पुगेका १९ नेपाली युवा दुई महिनादेखि काम नपाएर अलपत्र परेका छन्। करिब तीनदेखि चार लाख रुपैयाँ तिरेर खाडी पुगेका उनीहरू रोजगारी नपाएपछि अहिले चाउचाउमा गुजारा गर्दै बिरामी हुँदा उपचार पाउनसमेत नसक्ने अवस्थामा पुगेका छन्।

पीडित श्रमिकका अनुसार, मेनपावरले रोजगारी दिने भन्दै लाखौं असुले पनि काम उपलब्ध नगराई उल्टै धम्क्याउने गरेको छ। “नेपाल फर्काइदेऊ” भन्दा “जसरी हुन्छ बस्नुपर्छ” भन्ने जवाफ आएको उनीहरूको भनाइ छ।

News24 टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा सहभागी श्रमिकहरूले दुबईमा भोकभोकै बस्न बाध्य भएको भन्दै तत्काल उद्धारको माग गरेका छन्। “दुई महिना भोकभोकै बसाइयो, पैसा छैन, औषधि छैन,” उनीहरूले भनेका छन्।

यसबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन बसेको भन्दै आलोचना भएको छ। विज्ञ र परिवारले सरकारले तत्कालै पीडितलाई सुरक्षित रूपमा स्वदेश फर्काउने, खर्चिएको रकमको क्षतिपूर्ति दिलाउने र दोषी मेनपावरमाथि कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

सामाजिक अभियन्ता र श्रम क्षेत्रका विज्ञहरूले यस्ता घटना दोहोरिन नदिन नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिँदै प्याराडाइज मेनपावरको सञ्चालन अनुमति (लाइसेन्स) समेत खारेज गर्नुपर्ने माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP