यात्रुवाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था

काठमाडौं,असोज ४- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार मन्त्रालयमा सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् ।

निर्णयअनुसार काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुवाहक सवारी साधन सुरुङमार्गमार्फत सञ्चालन हुनेछन् भने दशैंपछि पुनः व्यवस्था मिलाइनेछ ।

मन्त्रालयले सुरक्षाका लागि नयाँ बसपार्क र विभिन्न राजमार्गमा प्रहरी संख्या बढाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै, दशैं अवधिभर बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा १२ चक्केभन्दा माथिका ठूला मालवाहक सवारी सञ्चालन नगर्न र अत्यावश्यक वस्तु ढुवानीलाई भने निरन्तरता दिन अनुरोध गरिएको छ ।

सडक सुधार र स्तरोन्नतिका लागि विभागलाई आवश्यक सामग्री तथा उपकरण व्यवस्थापन गर्न, नारायणगढ–मुग्लिन सडक खण्डमा अवरोध हटाई सञ्चालनमा ल्याउन, तातोपानी नाकासहितका मुख्य सडक दशैंअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ ।

यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका चाँडै तयार पार्न आदेश दिइएको छ । साथै, सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा कन्ट्रोल रुम सञ्चालनमा ल्याउन विभागलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले नागरिकलाई मौसम र सडक अवस्था बुझेर मात्र यात्रा गर्न पनि सार्वजनिक अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP