अस्ट्रेलिया असोज १ — अस्ट्रेलियाले नयाँ ठूलो सुन खानीबाट औद्योगिक स्तरमा उत्खनन सुरु गर्ने तयारी गरेको छ। आगामी महिनाबाट सुरु हुने भनिएको उक्त उत्खननले विश्व बजारमा सुनको आपूर्ति एक्कासि बढाउने भएकाले मूल्यमा ठूलो गिरावट आउने अनुमान गरिएको छ।
आर्थिक विश्लेषकहरूका अनुसार आपूर्ति बढेसँगै विश्व बजारमा सुनको हालको दरभन्दा झण्डै आधा मूल्यमा झर्ने सम्भावना छ। अहिले सुनको मूल्य स्थिर देखिए पनि आगामी महिनाभित्र मूल्यमा तीव्र उतार–चढाव आउने चेतावनी विशेषज्ञहरूले दिएका छन्।
सुनमा लगानी गर्नेहरूलाई अहिलेको अवस्थालाई जोखिमपूर्ण बताउँदै बजार बुझेर मात्र खरिद गर्न सुझाव दिइएको छ। नयाँ उत्खनन परियोजनाबाट उत्पादन सुरु भएपछि अन्तर्राष्ट्रिय सुन बजारमा प्रतिस्पर्धा तीव्र हुने र लगानीकर्ताले ठूलो घाटा बेहोर्न सक्ने आशंका गरिएको छ।
अस्ट्रेलियाको पश्चिमी भागमा रहेको उक्त खानी विश्वकै ठूला सुन भण्डारमध्ये एक हो, जसको उत्खनन सुरु भएपछि विश्व बजारमा सुनको मूल्य निर्धारणमा ठूलो प्रभाव पर्ने निश्चित देखिएको छ।
काठमाडौं मङ्सिर १– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरणअन्तर्गत निर् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!