आईजिपीको नेतृत्व अब दानबहादुर कार्कीका हातमा : सबै मापदण्डमा अघि

काठमाडौं, कात्तिक १- नेपाल प्रहरीको आगामी आईजिपी नियुक्ति प्रक्रियामा एआईजी दानबहादुर कार्की प्रमुख दावेदारका रूपमा अगाडि देखिएका छन्। गृह मन्त्रालय र प्रहरी स्रोतका अनुसार अनुभव, दक्षता र स्वच्छ छवि हेर्दा कार्की नै अबको आईजिपी बन्ने लगभग पक्का भएकोछ।

तीन दशकभन्दा लामो प्रहरी सेवामा कार्कीले संगठनभित्र अनुशासन, पारदर्शिता र व्यावसायिक नेतृत्व प्रस्तुत गरेका छन्। हालको जटिल सुरक्षा अवस्था र संगठनिक चुनौतीहरूमा प्रहरीलाई सुचारु रूपमा नेतृत्व दिन सक्ने क्षमता पनि कार्कीमा प्रशस्तै रहेको बताइन्छ।

अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र सामुदायिक प्रहरी सेवा सुधारमा उनको योगदान उल्लेखनीय रहेको छ। स्रोतका अनुसार मन्त्रालय भित्र उच्च प्राथमिकतामा राखिएको नाम कार्की नै हो। प्रहरी संगठनभित्र पनि उनको निष्कलंक छवि, व्यावहारिक नेतृत्व क्षमता र संकट व्यवस्थापन कौशलका कारण अत्यन्त लोकप्रियछन।

एआईजी कार्कीले अघिल्ला जिम्मेवारीमा रहँदा पारदर्शिता, कार्य दक्षता र जनमुखी सेवा सुधारमा उल्लेखनीय सफलता हासिल गरेका थिए। मन्त्रालय र मन्त्रिपरिषद्को औपचारिक निर्णयपछि उनी नेपाली प्रहरीको नयाँ महानिरीक्षक (आईजिपी) पदमा नियुक्त हुने निश्चित देखिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP