काठमाडौं,असोज ४- हमासले शनिबार सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’मा नेपाली युवा विपिन जोशीको पनि उपस्थिति देखिएको छ । लामो समयदेखि हराइरहेका विपिनलाई जिउँदो देखिएको यो दृश्यसँगै उनको सकुशल रिहाइ हुने सम्भावना प्रबल भएको छ ।
गत वर्ष गाजामा भएको आक्रमणपछि विपिन अपहरणमा परेका पुष्टि भए पनि उनीबारे ठोस जानकारी बाहिर आएको थिएन । उनका परिवारदेखि सम्पूर्ण नेपाली जनमानस निरन्तर प्रार्थना र प्रतीक्षामा रहेका बेला बन्दीको भिडमा विपिनलाई देखिएको तस्वीर सार्वजनिक भएपछि देशभर आशाको लहर छाएकोछ।
नेपाल सरकारले पनि विपिनको सुरक्षित मुक्तिका लागि कूटनीतिक पहललाई तीव्रता दिदै आएको थियो । यही कारण यो तस्वीरलाई सकारात्मक संकेतका रूपमा लिइएको छ ।
सामान्य युवा भएर विदेशमा पढ्न गएका विपिनलाई घर–परिवारले मात्र होइन, सिंगो नेपालले छोरोझैँ सम्झिएको छ । अहिले प्रत्येक नेपालीको मुखमा एउटै प्रार्थना छ— “भगवान्, विपिन सकुशल फर्कून्।”
विपिनको पर्खाइमा देशका कुनाकाप्चा एकाकार भएका छन् । उनको सुरक्षित फर्काइ नेपालका लागि एउटा ठूलो खुसी र आशाको खबर बन्नेछ भन्ने विश्वास बढ्दै गएको छ ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया