काठमाडौँ, भदौ २७ – उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षागत कारण देखाउँदै भाद्र २७ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। साथै, सोही दिन साँझ ७ बजेदेखि भाद्र २८ गते विहान ६ बजेसम्म कर्फ्यू लागू हुने भएको छ।
नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार निषेधाज्ञा तथा कर्फ्यू अवधिमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन, संघसंस्था र निकाय भने सञ्चालन गर्न सकिनेछ।
जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तुको व्यवस्थापनका लागि २७ गते विहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बजार तथा पसल खोल्न अनुमति दिइने उल्लेख छ। तर, सो समयमा पनि स-सानो समूहमा मात्र आवतजावत र कार्य गर्न आग्रह गरिएको छ।
सुरक्षा निकायले नियम उल्लंघन नगरी सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै परिस्थितिलाई सहज बनाउन सबैलाई संयमित रहन आह्वान गरेको छ।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया