काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी

काठमाडौँ, भदौ २७ – उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षागत कारण देखाउँदै भाद्र २७ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। साथै, सोही दिन साँझ ७ बजेदेखि भाद्र २८ गते विहान ६ बजेसम्म कर्फ्यू लागू हुने भएको छ।

नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार निषेधाज्ञा तथा कर्फ्यू अवधिमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन, संघसंस्था र निकाय भने सञ्चालन गर्न सकिनेछ।

जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तुको व्यवस्थापनका लागि २७ गते विहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बजार तथा पसल खोल्न अनुमति दिइने उल्लेख छ। तर, सो समयमा पनि स-सानो समूहमा मात्र आवतजावत र कार्य गर्न आग्रह गरिएको छ।

सुरक्षा निकायले नियम उल्लंघन नगरी सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै परिस्थितिलाई सहज बनाउन सबैलाई संयमित रहन आह्वान गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
5 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP