नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा अनुसार महाअष्टमीका दिन महागौरीको पूजा गर्न लागिएको हो । धार्मिक विश्वासअनुसार देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने चलन छ । नौ दिनसम्म गरिएको पूजाआराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ । यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउने गर्छन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यका लगायतका प्रमुख शक्तिपीठमा सोमबार बिहानैदेखि घुइँचो देखिएको छ ।

सातौं दिन अर्थात् फूलपातीको दिनदेखि सार्वजनिक बिदा सुरु हुने भएकाले शक्तिपीठ र मन्दिरहरूमा भक्तजनको भीड झन् बढ्ने धार्मिक पण्डितहरूले बताएका छन् । यससँगै बडादशैंको विशेष रौनक पनि सुरु भएको छ ।

 

प्रतिक्रिया

  • * * * <a href="https://pehorka31.ru/index.php?oa9t4w">$3,222 credit available</a> * * * hs=bdae120f96e3e2c8292648b60caadde0* ххх* paouqua@mailbox.in.ua d3rz93
  • * * * $3,222 deposit available! Confirm your operation here: https://pehorka31.ru/index.php?oa9t4w * * * hs=bdae120f96e3e2c8292648b60caadde0* ххх* paouqua@mailbox.in.ua d3rz93
  • सम्बन्धित समाचार

    उपकरण जडान द्रुतरूपमा
    3 बर्ष अगाडि

    उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

    छुटाउनुभयो कि ?

    TOP