नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा अनुसार महाअष्टमीका दिन महागौरीको पूजा गर्न लागिएको हो । धार्मिक विश्वासअनुसार देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने चलन छ । नौ दिनसम्म गरिएको पूजाआराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ । यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउने गर्छन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यका लगायतका प्रमुख शक्तिपीठमा सोमबार बिहानैदेखि घुइँचो देखिएको छ ।

सातौं दिन अर्थात् फूलपातीको दिनदेखि सार्वजनिक बिदा सुरु हुने भएकाले शक्तिपीठ र मन्दिरहरूमा भक्तजनको भीड झन् बढ्ने धार्मिक पण्डितहरूले बताएका छन् । यससँगै बडादशैंको विशेष रौनक पनि सुरु भएको छ ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मलेसियाले नेपाली कामदार भर्ना प्रक्रियामा नयाँ नियम लागू गर्दै
10 महिना अगाडि

क्वालालम्पुर,असोज ११— मलेसिया सरकारले अबदेखि नेपालबाट हुने कामदार भर्ना प्रक्रिया नयाँ मापदण्ड ...

छुटाउनुभयो कि ?

TOP