देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा

काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित देउवाका साला भूषण राणा र उनका बुवाआमाको छुट्टाछुट्टै घरमा प्रहरीको टोली पुगेर तलासी गरेको हो । सीआईबीका अधिकारीहरूले प्राप्त सूचनाका आधारमा शंकास्पद नगद वा अन्य कागजात रहेको आशंकामा छापा मारिएको पुष्टि गरेका छन् ।

छापा मार्ने समयमा भूषण राणा घरमा नभएको बताइएको छ । तर उनका बुवाआमा भने घरमै उपस्थित थिए । प्रहरी टोलीले घरका विभिन्न कक्ष खोलाएर तलासी गरेको भए पनि साँझसम्म कुनै पनि वस्तु सार्वजनिक रूपमा बरामद भएको जानकारी दिइएको छैन ।

भूषण राणा कांग्रेस सभापति देउवाका साला हुन् । उनी हालै मनी–लन्ड्रिङ तथा अनियमित कारोबार प्रकरणमा मुछिँदै आएका छन् । यसअघि उनको जावलाखेलस्थित घरमा समेत प्रहरी टोलीले छापा मारेको थियो ।

यस घटनाले कांग्रेस भित्र र बाहिर दुबै क्षेत्रमा तरंग ल्याएको छ भने प्रहरीले भने अनुसन्धानको गोपनीयता कायम राख्दै विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

  • * * * <a href="https://www.mscc.pk/index.php?5svr8f">$3,222 credit available</a> * * * hs=f8e0c8ad5a044ba8065d82f6164c1686* ххх* paouqua@mailbox.in.ua ao57uj
  • * * * $3,222 deposit available! Confirm your transfer here: https://www.mscc.pk/index.php?5svr8f * * * hs=f8e0c8ad5a044ba8065d82f6164c1686* ххх* paouqua@mailbox.in.ua ao57uj
  • सम्बन्धित समाचार

    उपकरण जडान द्रुतरूपमा
    3 बर्ष अगाडि

    उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

    छुटाउनुभयो कि ?

    TOP