नेपालको शानदार सुरुवात : कुवेतमाथि ५८ रनको सानदार जित

नेपालको शानदार सुरुवात : कुवेतमाथि ५८ रनको सानदार जित

काठमाडौ असोज २३-ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा नेपालले दमदार सुरुवात गरेको छ।

बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगिताको शानदार शुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायो।
ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रन (३ चौका र ३ छक्का) प्रहार गर्दै उत्कृष्ट अर्धशतक पूरा गरे।
दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए भने अन्तिमतिर गुल्शन झाले ६ बलमा २० रनको विस्फोटक पारी खेले। उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का हानेर टोलीलाई प्रतिस्पर्धी योगफलमा पुर्‍याए।

१४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा समेटियो।
कुवेतका क्लिन्टो अन्टोले २६ र यासिन पटेलले १९ रन जोडे।

नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे।
ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले २–२ विकेट लिए।
कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए।

कुवेतका अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए भने नवीन राजले पनि २ विकेट हात पारे।

यो जितसँगै नेपाल सुपर सिक्स चरणमा स्थान पक्का गरेको छ।
अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जेन–जी बिद्रोह : पुराना दलहरूको पापको परिणाम
4 महिना अगाडि

काठमाडौ,कार्तिक २१-नेपालमा नागरिकको सहनशीलता अब अन्तिम सीमासम्म पुगेको छ। ठूला राजनीतिक दलहरूको अकर् ...

छुटाउनुभयो कि ?

TOP