काठमाडौँ, भदौ २७ – शीतल निवासमा जारी उच्चस्तरीय छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको बैठकमा सहभागीहरूले कार्कीलाई निष्पक्ष र स्वीकार्य व्यक्तित्वका रूपमा अगाडि सार्दै नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेका हुन्।
बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए। छलफलमा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार अघि बढ्ने प्रक्रियाबारे विस्तृत बहस भएको स्रोतले जनाएको छ।
यसअघि जेन–जी समूहले पनि कार्कीको नाम अन्तरिम सरकार प्रमुखका लागि सिफारिस गरेको थियो। शीतल निवासको छलफलमार्फत बनेको यो सहमति अन्तरिम सरकार गठनतर्फको महत्वपूर्ण कदम मानिएको छ।
काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!