ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी, सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था

ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी, सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था

ललितपुर,भदौ २४ – ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार दिउँसो प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। प्रहरीले घटनास्थलमा पुग्न नसकेको र स्थिति नियन्त्रणमा लिन कठिनाइ भइरहेको जनाएको छ।

ललितपुर प्रहरीका अनुसार घटनास्थलतर्फ पठाइएको दमकललाई समेत प्रदर्शनकारीहरूले फर्काइदिएका छन्। स्कुल आसपासका क्षेत्रमा निरन्तर तोडफोड, सडक अवरोध र आगजनी भइरहेको छ।

उक्त स्कुलको अध्यक्ष हालका परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्। सुरक्षाकर्मीले थप बल परिचालन गर्ने तयारी गरिरहेको र स्थिति नियन्त्रणमा लिन पहल भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
11 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP