कांग्रेसका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीसहित पौडेल निवासमा छलफलमा

कांग्रेसका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीसहित पौडेल निवासमा छलफलमा

काठमाडौं भदौ २४– नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरू सामूहिक राजीनामा दिने तयारीसहित आन्तरिक छलफलमा जुटेका छन्।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निवासमा मंगलबार बिहानदेखि मन्त्रीहरूबीच गम्भीर छलफल जारी रहेको कांग्रेस नेतृव स्रोतले जनाएको छ।

पर्यटनमन्त्री बद्री पाण्डेको सचिवालयका अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने निर्णयतर्फ अग्रसर हुँदै छलफल थालेका हुन्। “केही बेरमै सामूहिक राजीनामा दिने तयारीसाथ छलफल भइरहेको छ,” सचिवालय स्रोतले जानकारी दियो।

कांग्रेसले सरकारमा आफ्नो सहभागिता जारी राख्ने वा नराख्नेबारे अघिल्ला केही दिनयता आन्तरिक रूपमा बहस चलाउँदै आएको थियो। पौडेल निवासमा भइरहेको आजको बैठकलाई सो बहसको निर्णायक चरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
5 महिना अगाडि

काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

छुटाउनुभयो कि ?

TOP